नेपाली महिलामाथिको लैंगिक हिंशाबिरुद्ध ऐक्यवद्धता जनाउन अमेरिकन महिला समेत रातो सारीमा


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन शनिबार अमेरिकाको न्युजर्सीमा अमेरिकन महिलाहरुसमेत रातो सारीमा देखिए । न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बेहेन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’मा महिलाहरु रातो सारीमा उपस्थीत भएका हुन् । न्युजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बेहेन’ अभियान संचालन गरिएको हो ।

हिन्दी, बंगाली, अँग्रेजी लगायतका भाषामा सेवा सुरु गरिएकोमा अब नेपाली भाषामा समेत सेवा विस्तार गरिएको छ । घरेलु र यौनहिंशामा परेका नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । अभियानको आउटरिज कोअर्डिनेटर डाक्टर बिष्णुमाया परियार हुनुहुन्छ । उहाँकै पहलमा रातो सारी इभेन्टको आयोजना गरिएको हो । कार्यक्रममा न्युजर्सी र न्युयोर्कका नेपाली महिलाहरु रातो सारीमा उपस्थीत भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्वीन थापाले संचालन गरेको औपचारिक कार्यक्रममा बोलो बेहन अभियानकी आउटरिच कोअर्डिनेटर डाक्टर बिष्णुमाया परियारले स्वागत मन्तब्य दिनुका साथै कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्नुभएको थियो । यौनहिंशाबिरुद्ध हड्सन स्पीककी कार्यक्रम निर्देशक नातासिया फ्लेश्चरले कार्यक्रममा सहभागी सबैलाई धन्यावाद दिनुभयो । कार्यक्रममा डाक्टर सामिना मिर्जा, साहित्यकार गिता खत्री लगायतले बोल्नुभएको थियो भने शकुन्तला ज्ञवालीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सिम्रन अधिकारीको नृत्य रोचक थियो । त्यस्तै सीबीसी बैंकका प्रेसिडेन्ट तथा सीईओ थोमस कफलिन , जर्सी सिटीका काउन्सीलवुमन एट लार्ज जोयस वाटरम्यान, वुमन फर कजकी अध्यक्ष गीता उमा पोखरेलले समेत बोल्नुभयो । कार्यक्रममा महिला हिंशाबिरुद्ध बोल्न प्रेरित गर्ने बोलो बेहन प्रोमो समेत देखाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com