कात्तिक २५ बर्दिवास, विना विभागीय मन्त्री तथा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार गिरिराजमणि पोखरेलले वाम गठबन्धनले पाँच वर्षभित्र नेपालको आधारभूत समस्यालाई समाधान गरेर जनताको मौलिक हकलाई सुरक्षित गर्ने बताएका छन् ।
आज आयोजित गौशाला–१० लक्ष्मीनियाँको चुनावीसभालाई सम्बोधन गर्दैै महोत्तरी क्षेत्र नं १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार पोखरेलले बर्दिवासलाई शैक्षिक शहर र गौशालालाई कृषि शहरका रुपमा परिणत गर्ने बताएका छन् । बाटो, बिजुली, खानेपानी सिँचाइजस्ता पूर्वाधारका क्षेत्रमा विकास गरी महोत्तरीलाई देशकै नमुना बनाइने प्रतिबद्धता उनले जनाएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।