Follow @khasokhasmag

सरकार निर्वाचन भाँड्ने षडयन्त्रमा लाग्योः प्रचण्ड


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकार निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

माओवादी उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृखलावद्ध आक्रमणमा सरकार जिम्मेवार रहेको उनको दाबी छ ।

भरतपुरको आँपटारीमा आयोजित वनभोज कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका प्रचण्डले हतियारसहित पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्न कांग्रेसका जिम्मेवार नेताहरुले नै वक्तब्य निकाल्नुले ‘दालमा कुछ काला है’ भन्ने प्रस्ट भएको बताए ।

रोल्पा रुकुम जस्ता क्षेत्रमा माओवादी उम्मेदवारमाथि आक्रमण गर्न सरकारले नै निर्वाचन विरोधी शक्तिको प्रयोग हुन सक्ने प्रचण्डको आशंका छ । ‘मैले पछिल्ला घटनाबारे एमाले अध्यक्ष केपी ओलीसँग पनि सल्लाह गरेको छु’ प्रचण्डले भने, ‘सबै सचेत नागरिकले यसमा खबरदारी गर्न आवश्यक छ ।’

उनले कांग्रेस नाम मात्रको लोकतन्त्रवादी भएको समेत बताए । उनले अघि भने, ‘खासमा लोकतन्त्रवादी हामी हौं, कांग्रेसले शब्दको गलत प्रयोग गरेको छ ।’

विचार मिल्ने कम्युष्निट शक्तिहरुवीच एकता र गठवन्धन हुनु सामान्य र सहज भएको भन्दै यसलाई हाउगुजी बनाउनुको साटो कांग्रेसले पनि आफ्नो सुर गरे हुने बताए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com