म्यादी प्रहरी सरसफाईमा जुटे


प्रकाशित मिति : कार्तिक २५, २०७४ शनिबार

कात्तिक २५ महोत्तरी,–महोत्तरीको मटिहानी नगरपालिकामा रहेको ऐतिहासिक लक्ष्मी सागर पोखरीको सफाई गरिएको छ ।
नगर प्रमुखको अगुवाईमा म्यादी प्रहरी, प्रहरी र स्थानीय युवा तथा विद्यार्थी सहभागी भएका थिए । नगरप्रमुख हरिप्रसाद मण्डल, मटिहानी प्रहरी चौकीका ईन्चार्ज स।ई। गोपाल यादवको नेतृत्वमा ११२ जना म्यादी प्रहरी, १० जना प्रहरी तथा स्थानीय एवं विद्यार्थीहरु गरी झण्डै दुईसय जनाको सहभागितामा सरसफाई गरिएको हो ।

जलकुम्भी तथा अन्य फोहोरले पोखरीको सुन्दरता मेटिन थालेपछि प्रहरी तथा म्यादी प्रहरी समेतको सहयोगमा पोखरीको रुप फेर्ने प्रयास भएको हो । नगरप्रमुख मण्डलले ऐतिहासिक पोखरी स्थलहरुको संरक्षण र संवर्द्धन गर्नु अति आवश्यक रहेकोले पोखरीको सरसफाई गरिएको बताए
उनले पोखरी नगरभित्र रहेका फोहोर व्यवस्थापनका साथै खुल्ला दिसा मुक्त अभियानलाई समेत निरन्तरता दिइने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com