काठमाडौँ २४ बिना विभागीय मन्त्री तथा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर रुकुममा बम प्रहार गरिएको छ।
आज बिहान करिब ९ बजेर १५ मिनेटमा मन्त्री जनार्दन शर्मा चुनावी प्रचार प्रसार सकेर फर्किने क्रममा र चौरजहारी नगरपालिका–८ को गोइरीमा २ वटा बम अज्ञात समूहले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी राजेन्द्र धमलाले बताए।
सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको प्रचार प्रसारमा सहभागी एक कार्यकर्ताले बताए । यद्यपि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको आशंका गरिएको छ।
कसले र किन बम प्रहार ग¥यो भनी प्रहरीले अनुसन्धान गरिरहेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।