अमेरिकी नागरिकताका लागि निशुल्क सहयोग
प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

आगामी नोभेम्बर १३ सोमबार न्युयोर्कका अमेरिकी नागरिकताका लागि निशुल्क कानुनी सहयोग प्रदान गरिने भएको छ । न्युयोर्कको क्वीन्स लाइब्रेरी र मेयर अफिससँगको संयुक्त सहकार्यमा निशुल्क कानुनी सहायता कार्यक्रम संचालन गरिन लागेको हो । कार्यक्रम सोमबार दिउसो ४ बजे फ्लसिंगमा रहेको क्वीन्स लाइब्रेरीमा संचालन गरिने भएकाले उक्त लाइब्रेरीमा गएर यो सेवा लिन सकिने भएको छ ।
सजिलै अमेरिकी नागरिकताका लागि आवेदन दिन सिकाइनुका साथै अमेरिकी नागरिकता लिइसकेपछि पाइने सुविधा र बित्तिय सुझावबारे पनि जानकारी गराइने भएको छ । फ्लसिंगमा क्वीन्स लाइब्रेरी ४११७ मेन स्ट्रीटमा रहेको छ, जहाँ सेभेन ट्रेनबाट सजिलै पुग्न सकिन्छ ।