त्रिपुरेश्वरको मोटर ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

२३ कात्तिक, काठमाडौं । बिहिबार साँझ साढे छ बजे काठमाडौंको त्रिपुरेश्वरमा रहेको जयन्ती आयल स्टोरसँगै रहेको मोटर ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगोबाट एक जनाको मृत्यु भएको कालीमाटी प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । त्यस्तै एक जना घाइते भएका छन् भने उनलाई उपचारका वीर अस्पताल लगिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वारुणयन्त्रलगायत आगलागी नियन्त्रण दस्ताको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । नजिकै पेट्रोल पम्प रहेकाले संवेदनशील मानिएको क्षेत्रमा सुरक्षाकर्मीको संयमताले क्षति पुग्न पाएन ।

आगोमा जलेर मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन, उनी त्यहीँका कर्मचारी रहेको बताइएको छ । मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com