सहपाठीमाथि छुरा प्रहार गरी हत्या


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

कार्तिक २२, सुनसरीको धरान उपमहानगरपालिका–१ लक्ष्मी सडकस्थित धरान उच्च माविका एक विद्यार्थीले बुधबार छुरा हानी आफ्नै साथीको हत्या गरेका छन् ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका कक्षा ११ मा अध्यनरत धरान–१६ बस्ने विप्लव पराजुलीको उपचारकको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही उमाविमा कक्षा ११ पढ्ने रवि सिंहले सामान्य विवादमा छुरा प्रहार गरेका थिए ।

घाइते पराजुलीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार प्रयास भए पनि चार घन्टापछि उनको मृत्यु भएको हो । उनको बायाँ छातीमा छुरी प्रहार भएको थियो । छुराको चोट मुटुमा लागेकोले रक्तश्राव नियन्त्रणमा हुन नसकेपछि मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
विद्यालयका प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार एउटै कक्षा र एउटै सेक्सनमा पढ्ने पराजुली र सिंहबीच बिहान सामान्य ठट्टा भएको थियो । बिहानको सामान्य ठट्टा विवादमा परिणत भएपछि शौचालयमा पनि सामान्य भनाभन भएको थियो । प्रतक्षदर्शीका अनुसार बिहान ११ बजे विद्यालय बिदा भएपछि पराजुली गेट बाहिर निस्केर घर जाने तरखरमा थिए । त्यसैबेला विद्यालयको कम्पाउण्ड भित्रैबाट दौडेर आएका सिंहले अंगालो मारेजस्तो गरेर छुरा प्रहार गरी फारार रहेका थिए ।
छुरा प्रहार गरी फरार रहेका सिंह धरान–८ स्थित धनकुटेरोडमा कोठा भाडामा लिएर बस्दै आएको बुझिएको छ । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले छुरा प्रहार गर्ने रवि सिंहलाई बुधबार दिउँसो धनकुटे रोडस्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com