यसपटकको निर्वाचनमा तीन मतपत्र प्रयोग हुने


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

कात्तिक २२, निर्वाचन आयोगले मतदातालाई तीन मतपत्र एकसाथ नदिने भएको छ।
यसपटकको निर्वाचनमा तीन मतपत्र प्रयोग हुँदैछ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एउटा, प्रदेशको प्रत्यक्षतर्फ अर्को र समानुपातिक निर्वाचन प्रणालीका लागि एउटा गरी तीन
मतत्रपको व्यवस्था गरेको आयोगले जानकारी दिएको छ।
शुरुमा मतदाताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्। मतपत्र बाकसमा खोलेपछि कर्मचारीले अर्को मतपत्र हातमा दिनेछन्। त्यो मतपत्र प्रदेशसभाको प्रत्यक्षतर्फको हुनेछ।
प्रदेशसभाको मत खसाले लगत्तै तेस्रो मतपत्र मतदाताले पाउनेछन्। तेस्रो मतपत्र समानुपातिक तर्फको हुनेछ।
समानुपातिकतर्फको प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र भएकाले त्यसमा भने दुई छाप लगाउनु पर्नेछ।
माथिल्लोपट्टिको मत प्रतिनिधिसभाको समानुपातिकतर्फ गणना हुनेछ। तल्लो मत भने प्रदेश सभामा समानुपातिक तर्फ गणना हुनेछ। आयोगले तीन मतपत्र दिन छुट्टा ्छुट्टै कर्मचारीको व्यवस्था गर्नेछ। यसअघि दुई मतपत्र मतदातालाई दिने गरि आयोगले ‘डिजाइन’ गरेको थियो।
तीन कर्मचारी हुने भएपछि आयोगले थप एक जना कर्मचारी खटाउने छ। सबै मतपत्रमा हस्ताक्षर भने एउटै मतदान अधिकृतको हुनेछ। सर्वोच्चको आदेशपछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन मत्रपत हुने भएपछि निर्वाचन आयोगले झण्डै २० हजार थप कर्मचारी मतदान केन्द्रमा परिचालन गर्ने जनाएको छ।
निर्वाचन आयोगले देशभरमा १९ हजार ८ सय ९ मतदान केन्द्रको व्यवस्था गरेको छ। मतदाताको संख्या हेरेर निर्वाचन आयोगले एउटा मतदान केन्द्रमा ५ देखि १५ जनासम्म कर्मचारी खटाउँछ। तर तीन मतपत्रको व्यवस्था पछि १९ हजार ८ सय ९ मतदान केन्द्रमा नै थप एक जना कर्मचारी खटाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
खटाइएका ती कर्मचारीले मतपत्र मतदातालाई दिने काम गर्नेछन्। मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नुपर्छ। र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ।
नवराज ढकालका अनुसार मसी लतपतिएमा मत बदर हुन्छ। स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा छोएमा भने बदर हुन्छ। कोठा बाहिर छाप लगाएमा, दुई कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ।
आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरिपरिको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ।
मतपत्र पट्याउँदा कहिलेकाहीँ छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ। त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सही तरिकाले पट्याउनुपर्ने ढकालले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com