बाटोमा भेटिएको बम


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्कृय पारेको छ । पल्लोटार जाने बाटोमा भेटिएको बम निश्क्रिय पारिएका हो । स्थानीयवासीले शंका लागेपछि बुधवार विहान प्रहरीलाई खवर गरेका थिए ।

प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको बस्तु बम भएको पुष्टि गर्दै निश्क्रिय पारेका हो । नेकपाका पाँचथर इञ्चार्ज सौगातले सो बम आफुहरुले राखेको स्वीकारेका हुँन् । प्रदेश र प्रतिनिधि सभाको चुनाव आउन १८ दिन वाँकि रहँदा सदरमुकाममै त्यसरी बम फेला परेपछि सर्व साधारण भने त्रसित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com