ट्रम्पद्वारा ‘टेबलमा आउन’ आग्रह


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

ट्रम्पट्रम्पले दक्षिण कोरियामा २४ घण्टा बिताउने कार्यक्रम छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई “टेबलमा आएर” आफ्ना परमाणु हतियारहरु परित्याग गर्ने विषयमा छलफल गर्न आह्वान गरेका छन्।

यसअघि निकै उत्तेजक भाषण गर्ने गरेका ट्रम्पले ईश्वरको नाम लिंदै अमेरिकी सेनाले प्योङयाङविरुद्ध सेना परिचालन गर्ने अवस्था नचाहेको बताएका छन्।

एसिया भ्रमणमा रहेका ट्रम्प दक्षिण कोरियामा आफ्ना समकक्षी मुन जे-इनसंगै एक पत्रकार सम्मेलनमा बोल्दै थिए।

ट्रम्पले उत्तर कोरियाविरुद्ध भीषण आक्रमण गर्ने चेतावनी यसअघि दिइसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी अहिले एसियाका पाँच देशको भ्रमणको क्रममा छन्।

मुद्दा

भ्रमणमा उत्तर कोरियाको परमाणु हतियारको महत्वाकांक्षा प्रमुख मुद्दा बनेको छ।

दक्षिण कोरियाको पत्रकार सम्मेलनमा ट्रम्प र मुनले उत्तर कोरिया परमाणु हतियारविहीन बन्नु पर्नेमा जोड दिए।

ट्रम्पले चाहिँ उत्तर कोरिया “वार्ताको टेबलमा” उचित हुने बताए।

उनले भने, “उत्तर कोरियाले आफ्नो लागि मात्रै होइन, मानव जाति र संसारकै लागै सही काम गर्नै पर्छ।”

एसिया प्रसान्त क्षेत्रमा अमेरिकाको ठूलो सैनिक उपस्थिति छ।

तर ट्रम्पले ईश्वरको नाम लिंदै भने, “त्यो सैनिक शक्ति उत्तर कोरियाविरुद्ध खटाउन नपरोस्।”

आग्रह

ट्रम्प र मुनले चीन र रुसलाई पनि प्योङयाङविरुद्ध दबाब बढाउन आग्रह गरे।

दुबै मुलुकहरुले दक्षिण कोरियाली क्षेप्यास्त्रले बोक्ने भारमा लगाइएको सीमालाई खुकुलो बनाउने सहमति गरेका छन्।

ट्रम्पका अनुसार दक्षिण कोरियाले आउने दिनहरुमा “अरबौं डलर मूल्य पर्ने सैन्य उपकरण” खरिद गर्दैछ र त्यसबाट दुई देशबीचको व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ।

तर दुई पक्षबीच के कस्ता उपकरण किनबेच हुने हो त्यो प्रष्ट भइसकेको छैन।

मुनले दुई पक्षबीच किनबेचबारे वार्ताहरु हुने र त्यसको फलस्वरुप दक्षिण कोरियाको प्रतिरक्षा क्षमता झनै सबल बन्ने बताए।

बीबीसीका सोलस्थित संवाददाता रोबिन ब्रान्ट् भन्छन्, ट्रम्पले दक्षिण कोरियामा २४ घण्टा बिताउँदै छन् तर त्यो बसाइले सांकेतिक रुपमा निकै महत्व राख्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com