भक्तपुरको मनोहरा खोला नजिक ट्याक्सीभित्र शव भेटियो
प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार
२२ कात्तिक, काठमाडौं । भक्तपुर मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका हुन् ।
दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीको पछाडिको सिटमा शव फेला परेको प्रहरीले जनाएको छ । टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताए । प्रसाईका अनुसार घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ ।
Onlinekhabar
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






