अमेरिकी दूतावासका कर्मचारी पक्राउपछि रोकिएको भिसाको काम सुचारु


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

टर्कीको सरकारकाले संवैधानिक नियम र टर्कीको सरकारलाई ध्वस्त पार्न प्रयास गरेको अभियोगमा इस्तानबुलमा रहेको अमेरिकी दूतावासका कर्मचारीलाई पक्राउ गरेपछि अबरुद्ध अमेरिकी भिसा प्रकृया झण्डै एकमहिनापछि सुचारु भएको छ । सत्ता हत्याउने गतबर्षको असफल प्रयासमा सहयोग गरेको भन्दै गत महिना टर्कीको सरकारले इस्तानबुलमा कार्यरत अमेरिकी दूतावासका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

त्यस लगत्तै अक्टोबर ८ देखि अमेरिकाले इस्तानबुलमा रहेको दूतावासबाट सबैप्रकारका गैरआप्रवासी अमेरिकी भिसा जारी गर्न बन्द गरेको थियो । टर्कीका कुनै पनि नागरिकलाई अमेरिका भ्रमण गर्न नदिने उद्देश्यले गैरआप्रवासी भिसा सेवा बन्द गरिएको थियो । तर टर्कीको सरकारले दूतावासका अन्य कुनै कर्मचारीहरु अनुसन्धानको दायरामा नरहेको स्पष्ट पारेपछि अमेरिकी दूतावासले गैर आप्रवासी भिसा सेवा आंशिक रुपमा सुचारु गरेको छ । टर्कीको सरकारले आफ्ना स्थानीय कर्मचारीहरुलाई कामको दौरान गिरफ्तार नगर्ने प्रतिबद्धता जनाएको पनि इस्तानबुलमा रहेको अमेरिकी दूतावासले स्पष्ट पारेको छ ।

सत्ता हत्याउनका लागि गत बर्ष गरिएको असफल प्रयासमा संलग्न भएको अभियोगमा टर्कीको सरकारले गत मे मा युएस कन्सुलेटमा कार्यरत एकजना अनुवादकलाई पक्राउ गरेको थियो भने त्यसपछि अमेरिकी लागुऔषध कार्यान्वयन निकायमा कार्यरत कर्मचारीलाई इस्तानबुलबाट पक्राउ गरेको थियो । टर्कीको प्रहरीले अमेरिकी दूतावासमा कार्यरत अर्का कर्मचारीबाट पनि बयान लिन चाहेको बताएको थियो । ती कर्मचारीका श्रीमति र छोरीलाई समेत नियन्त्रणमा लिएर छाडिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com