डिभीबाट अमेरिका आएका चारजनाको नागरिकता खोसिदै


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

अमेरिकी सरकारले डिभी लोटरीबाट अमेरिका आएका चारजनाको अमेरिकी नागरिकता खोसेर देशनिकाला गर्ने तयारी गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले सन् २००१ म डिभी लोटरीमार्फत अमेरिका आएर अमेरिकी नागरिकता लिइसकेका चारजनाको नागरिकता खोस्न सोमबारदेखि प्रकृया सुरु गरेको छ । अमेरिकाको मिनेसोटामा बस्दैमा आएका ४ जना सोमालियनहरुले डिभी लोटरीपछि भिसा आवेदनमा जालसाजी गरेको अमेरिकी सरकारले आरोप लगाएको छ ।

५१ बर्षीया फोसिया आब्दी अदान सन् २००१ म डिभी लोटरी परेर अमेरिका आएकी थिइन् । मिनेसोटाको संघीय अदालतमा सोमबार दायर गरिएको मुद्दामा उनले एकजना व्यक्तिलाई नक्कली श्रीमान् बनाएर अरु दुईजना भाईबहिनीहरुलाई नक्कली छोराछोरी बनाएर अमेरिका ल्याएको सरकारी अभियोग छ । चारैजनाले त्यतीबेला नक्कली नामको प्रयोग गरेको र अहिले सबैले अमेरिकी नागरिकता लिइसकेको सरकारी आरोप छ । अदानले ५४ बर्षीय अहमद मोहम्मदलाई नक्कली श्रीमान् , ३३ बर्षका मुस्ताफ अब्दी अदान र ३१ बर्षका फेसल जामालाई छोराहरु बनाएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com