उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद


प्रकाशित मिति : कार्तिक २१, २०७४ मंगलबार

२१ कात्तिक, गोरखा । माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेकी सुशीला सिंखडा चढेको मोटरसाइकलबाट पेस्तोल बरामद भएको छ ।

प्रहरीले मंगलबार दिउँसो गोरखाको भीमसेन गाउँपालिका-३, धावामा उनी चढेको मोटरसाइकलबाट पेस्तोल बरामद गरेको हो ।

प्रहरीका अनुसार चेक जाँचका क्रममा मोटरसाइकल चालक झोला छोडेर भागेका थिए । उनको झोलाबाट पाकिस्तानी पेस्तोल र ३ राउण्ड गोली बरामद गरिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com