गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एकको मृत्यु


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

कात्तिक २०, गुल्मी सडक खन्ने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ५ मा डोजरले पल्टाएको ढुंगाले लागेर श्रव्य शक्ति गुमाएका एक व्यक्तिको मृत्यु भएको छ । सोही नगरपालिका वडा ५ बस्ने ४५ बर्षीय भूमिश्वर अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
बिद्यालयमा पानी जोड्न इन्द्रगौडा बजारभन्दा माथीपट्टि खोल्सामा रहेको मुहानमा पुगेका बेलामा उनलाई ढुंगाले लागेको थियो ।

मृतक अर्यालले राम्रोसँग कान पनि सुन्न नसक्ने तथा बोल्न नसक्ने वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिए ।
उनी नेपाल राष्ट्रिय सर्बोदय माबिमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । उनका २ भाइ छोरा, एक छोरी, आमा र श्रीमती रहेका छन् ।

सिद्धेश्वर गुफामा मोटरबाटो पुर्याउने लक्ष्यका साथ प्रयोग गरीएको डोजरले पल्टाएको ढुँँगाले लाग्दा उनको मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com