आज प्रधानमन्त्री प्रचण्ड–मोदी भेटवार्ता


प्रकाशित मिति : भाद्र ३१, २०७३ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका दोस्रो दिन आज(शुक्रबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ। हैदराबाद हाउसमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका उच्च अधिकारीहरुले विभिन्न आधा दर्जन समझदारी पत्रमा हस्ताक्षर गर्ने भएका छन्।

मोदी र प्रचण्डको एक्लै भेटघाट पनि हुने तय गरिएको छ। यसलगत्तै प्रचण्ड र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।प्रचण्डले शुक्रबार बिहान ९ बजे राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सनमा भाग लिनेछन् जहाँ उनले गार्ड अफ अनरको निरीक्षण गर्नेछन् । ९ः३० मा प्रचण्डले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

पहिलो उच्चस्तरीय भेटघाटका क्रममा प्रचण्डलाई भारतीय विदेशमन्त्री स्वराजले बिहान १०ः३० राष्ट्रपति भवनमा भेट्नेछिन् । त्यसलगत्तै ११ः३० मा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार नै भारतीय वित्तमन्त्री अरुण जेट्ली, भारतीय विद्युत्मन्त्री पीयूष गोयललाई ४ बजेपछि छुट्टा–छुट्टै प्रचण्डलाई राष्ट्रपति भवनमा भेट्नेछन्। प्रम प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई साँझ ६ बजे भेट्ने कार्यक्रम तय गरिएको छ। सम्भव रहेसम्म भारतीय व्यापारीहरूसँग पनि प्रम दाहालले शुक्रबार नै भेट्दैछन्।

१ सय १६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बिहिबार अपरान्ह नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, अन्य सांसदलगायत छन् । भारत भ्रमण सकेर प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कने छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com