भैरहवामा नेपाल एयरलाइन्सको जहाज दुर्घटना


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

२० कात्तिक, भैरहवा । भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने  क्रममा दुर्घटना भएको छ ।

जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बाँया पट्टीको टायर पंचर भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।

उनका अनुसार जहाजमा दुई जना पाइलट मात्र थिए । उनीहरु दुवै जना सकुशल छन् ।

जहाज रनवे देखि एक मिटर छेउमा गएको छ । पाइलटले पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेका थिए ।

रनवेमा जहाज दुर्घटना भएपछि अहिले उडान प्रभावित भएको छ ।

यही जहाज यसअघि पनि भैरहवा मै ल्याण्ड गर्दा टाएर पंचर भएर दुर्घटना भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com