१८ उत्तर कोरियाली दक्षिणको कालोसूचीमा


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

दक्षिण कोरियाले उत्तर कोरियामा पैसा पठाउने गरेको आरोप लागेका १८ जना उत्तर कोरियालीविरुद्ध एकतर्फी प्रतिबन्ध लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु एक दिनअघि यस्तो निर्णय लिइएको हो।

अमेरिकाले दक्षिण कोरियाले प्योङयाङविरुद्ध कडा रवैया अपनाउनुपर्नेमा जोड दिइरहेको छ।

सोलबाट बीबीसीका मार्क लोवेन भन्छन्, पछिल्लो प्रतिबन्धले कुनै व्यवहारिक प्रभाव पार्दैन किनभने दुई देशबीचको व्यापारमा पहिल्यैदेखि नै बन्देज छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कालोसूची

दक्षिण कोरियाको कालोसूचीमा परेका व्यक्तिहरु पाँचवटा उत्तर कोरियाली ब्यांकका प्रतिनिधिहरु हुन्।

उनीहरु चीन, रुस र लिबियामा खटिएका थिए।

उनीहरुमाथि उत्तर कोरिया खासगरी उसको हतियार कार्यक्रमका लागि रकम जुटाउन मद्दत गरेको आरोप छ।

अमेरिका र संयुक्त राष्ट्रसंघले उनीहरुलाई यसअघि नै कालोसूचीमा राखिसकेका थिए।

पछिल्लो कदमको सांकेतिक महत्त्वमात्रै रहेको ठानिएको छ।

सन् २०१० मा दक्षिण कोरियाली नौसेनाको पानीजहाजलाई उत्तर कोरियाले डुबाइदिएको आरोप लगाइएयता दुई देशबीचको आर्थिक कारोबार बन्द गरिएको छ।

संकेत

कोरियाआफ्नो एसिया भ्रमणका क्रममा ट्रम्प दक्षिण कोरिया पनि जाँदैछन्।

मंगलबार दक्षिण कोरिया आइपुग्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन्तुष्ट पार्न प्रतिबन्धको निर्णय लिएको जस्तो देखिन्छ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाले उत्तरविरुद्ध नरम नीति लिएको भन्दै आलोचना गर्ने गरेका छन्।

गत सेप्टेम्बरमा उत्तर कोरियाले छैटौँ परमाणु परीक्षण र दुईवटा लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेपछि प्योङयाङविरुद्ध बृहत् स्तरमा अन्तर्राष्ट्रिय प्रतिबन्धहरु लगाइएका थिए।

राष्ट्रपति ट्रम्पले सैन्य कारबाहीले मात्रै उत्तर कोरियालाई काबुमा राख्न सकिने अभिव्यक्ति दिने गरेका छन्।

तर उनको प्रशासन र अरु पश्चिमा सरकारहरु अहिलेको लागि आर्थिक प्रतिबन्ध नै प्योङयाङविरुद्धको सबैभन्दा उपयुक्त विकल्प भएको ठान्दछन्।

कुनै पनि किसिमको सैनिक कारबाहीले ठूलो जोखिम निम्त्याउने उनीहरुको मत छ।

आफ्नो देशमा रहँदा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्धका आफ्ना कडा अभिव्यक्तिहरुलाई केही नरम बनाउन भन्ने दक्षिण कोरियाले अपेक्षा राखेको जस्तो देखिन्छ।

त्यसैको आशामा दक्षिण कोरियाले यी एकतर्फी प्रतिबन्धका कदमहरु चालेको हुनसक्छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com