आइएस आक्रमणमा ७५ जना विस्थापित सिरियालीको मृत्यु


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

इश्लामिक स्टेट (आइएस) समूहले विस्थापित सिरियाली रहँदै आएको एक स्थानमा गराएको कार बम विस्फोटमा परी कम्तीमा ७५ जना सिरियाली जनताको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले आइतबार जनाएको छ ।

संस्थाले विस्थापित सिरियाली बसोबास गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गर्न थालेपछि यसतर्फ अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंगठनको चासो बढेको जनाएको छ ।

“शनिबार सिरियाको पूर्वी राज्य देअर एजोरमा आक्रमण गर्दा बालबालिकासहित ७५ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्,” संस्थाका प्रमुख रमी अव्देल रहमानले बताउनुभयो ।

पछिल्लो आक्रमणले सिरिया तथा इराकमा आइएसले ठूलो भूभागबाट आफ्नो नियन्त्रण गुमाएपनि अझै उनीहरूसँग भयानक आक्रमण गर्ने क्षमता रहेको देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमणका समय विस्थापित सिरियालीको भेलामा नयाँ समूह मिसिएको र सोही समयमा आक्रमण पनि भएको रहमानले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com