Follow @khasokhasmag

ट्रम्पको भ्रमणको पूर्वसन्ध्यामा शान्तिका लागि आव्ह्वान गर्दै दक्षिण कोरियामा प्रदर्शन


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दक्षिण कोरियामा हुन लागेको भ्रमणको पूर्वसन्ध्यामा आइतबार सयौँको सङ्ख्यामा कोरियाली जनताले उक्त क्षेत्रमा शान्तिका लागि प्रदर्शन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको जापान, दक्षिण कोरिया, चीन लगायत एसियाली मुलुकको भ्रमण वासिङ्टन र प्योङ्याङबीच उत्तर कोरियाको आणविक परीक्षणका कारण पेचिलो सम्बन्ध बनिरहेका समय हुन लागेको भ्रमणका क्रममा दक्षिण कोरियाको राजधानीमा शान्तिका पक्षमा प्रदर्शन भएको हो ।

यद्यपि प्रदर्शनमा साह्रै ठूलो सङ्ख्यामा सहभागिता भने देखिएन ।

आइतबार जापानको टोकियो आइपुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मङ्गलबार र बुधबार दक्षिण कोरिया पुग्ने कार्यक्रम छ ।

आफ्नो एसियाली राष्ट्रको भ्रमणका क्रममा ट्रम्पले भियतनामी, चिनियाँ र फिलिपिनी राष्ट्राध्यक्ष लगायतका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com