कांग्रेस र माओवादी समर्थकबीच खुकुरी प्रहार


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

कार्तिक १९, गोरखा, आइतबार साँझ भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा भिमसेन–५ बगुवामा खुकुरी प्रहार भएको छ ।

कांग्रेस, माओवादी विवादका कारण युवाबीच खुकुरी हानाहान भएको हो । दुवै पक्षबीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको र उनीहरुलाई उपचारका लागि काठमाडौ ल्याइएको छ । सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ ।

बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा चाँहि विवाद चर्केको हो । माओवादी बगुवामा नै राख्नु पर्ने र काँँग्रेस केन्द्र घ्याम्पेशाल सार्ने र पक्षमा थिए । ‘बैठकमा दुई तिहाई बहुमतले केन्द्र सार्ने निर्णय गरिसकेपछि माओवादीका एक सदस्यले माइनुट च्यातेपछि आक्रमण सुरु भएको गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले बताए । गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको बहुमत छ । खुकुरी भालासहितका हतियार बोकेका युवाले आक्रमण गरेको पाण्डेले जानकारी दिए ।

माओवादी केन्द्रका नेता लोकप्रसाद बञ्जराले ढोका थुनेर जबर्जस्ती गाउँपालिकाका केन्द्र सार्न खोज्दा झडप भएको बताए । ‘हाम्रा साथीहरुलाई नो्टअफ डिसेन्ट लेख्न दिइएन, अनि झडपको रुपमा लियो’, उनले भने, ‘गाउँपालिकाको कार्यालयमा थुनेर राखिएका सदस्यहलाई लिन जाँदा कांग्रेसका युवाले आक्रमण गरे ।’
युवा घाइते भएपछि सदरमुकामबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । आक्रमणकारीको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com