धौलागिरिमा ३३ प्रजातिका चमेरा फेला


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

धौलागिरिमा स्तनधारी पंक्षी चमेराको अध्ययन सुरु गरिएको छ । कालिगण्डकी करिडोर आसपासका क्षेत्रमा रहेका गुफामा नेपाल चमेरा अनुसन्धान तथा संरक्षण संघले चमेराको आश्रयस्थल गुफाबाट अनुसन्धान सुरु गरेको हो । वन विज्ञान क्याम्पस पोखराका विद्यार्थी र नेपालका चमेरा विशेषज्ञ संलग्न टोलीले पर्वत, म्याग्दी र मुस्ताङमा रहेका गुफाभित्र रहेका चमेराको अवस्था, संख्या लगायतका विषयमा अध्ययन गरेको टोलीले जनाएको छ ।

पर्वतको कुश्मा स्थित गुप्तेश्वर गुफा, ज्ञादिको अल्पेश्वर गुफा, पर्वत चुवाको लालेश्वर गुफा, पर्वत पाङ्ग खुर्कोट स्थित पार्वर्ती गुफा म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रानीपौवा स्थित मालुवा ओडार, मुस्ताङको विभिन्न स्थानमा चमेरा बस्ने ओडारमा अध्ययन गरिएको बन क्याम्पस पोखरामा अध्ययरत म्याग्दीका बसन्त शर्माले बताए ।

‘प्रारम्भिक अनुसन्धानमा १३ प्रजातिका चमेराको रेकर्ड गरिएको छ । गुफा चमेराका लागि महत्वपूर्ण वासस्थान हुन’ शर्माले भने । अनुसन्धानको क्रममा एउटै गुफाभित्र ५ देखि ७ प्रकारका चमेराहरू भेटिएको उनले बताए ।ओडार र गुफा आसपासमा मानवबस्ती, सडकको विस्तार, प्राकृतिक रुपमा रहेका गुफाहरु पर्यटकीयस्थल बनाइएकाले पनि चमेराको संरक्षणमा असर गरेको अनुसन्धानकर्ताको भनाइ छ ।

प्राचीननकालीन अवस्थाका गुफा, ओडारलाई मानवजातिले संरक्षणभन्दा पनि दुरुपयोग गरेकाले पनि पर्यावरणमा असर गरेको नेपालका चमेरा विशेषज्ञ तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका जीव वैज्ञानीक डा। पुष्पराज आचार्यले बताए ।‘ जैविक विविधताका हिसाबले समेत गुफा क्षेत्रको संरक्षणमा सचेत हुनुपर्छ ।चिसो मौषममा गुफाभित्र अधिक संख्यामा चमेरा हुन्छन्’ आचार्यले भने ।उनले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको समयमा पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा प्रयोग गरिएका गुफाभित्र धुवाँ लगायत धार्मिक क्रियाकलापहरुलाई कम गर्नुपर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चमेराको महत्वलाई नबुझ्नेहरूबाटै बासस्थानमा पुगेर अनावश्यक गतिविधि गर्ने गरेको बताउँदै अनुसन्धाकर्ताले बासस्थान आसपासका क्षेत्रमा रहेका स्थानीयलाई महत्वका साथै संरक्षणमा आवश्यकता पर्ने गरी जनचेतनामुलक कार्यहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।अनुसन्धान टोलीले पर्वतको पाङ खुर्कोटस्थित पार्वती गुफाको संरचानमाथिबाट विस्तार गरिएको मोटरबाटोमा बस, ट्रक, ट्याक्टर नियमित आवतजावत गर्ने गरेकाले गुफा भत्कने अवस्थामा पुगेको नगरपालिका र वडालाई बाटो बन्द गरी बैकल्पिक मार्ग सञ्चालनका लागि समेत सुझाव दिएका छन् ।

त्यस्तै पर्वतकै गुप्तेश्वर गुफाभित्र पुजाआजाको क्रममा धुपको प्रयोगबाट फैलिएको धुवाँले चमेराले बासस्थान नै संकटमा पर्न थालेपछि रोक लगाइएको कार्य अनुकरणीय भएको टोलीका सदस्य संजीव बानियाँले बताए। ‘गुफाभित्रको तापक्रम र आर्दताले चमेराको जीवनपद्धतीमै असर पारेको छ । अत्याधिक मानव प्रवेशले समेत गुफा पर्यावरण विग्रिएको छ’ उनले भने । अनुसन्धान टोलीले संरक्षणका साथै जनचेतनामुलक कार्यलाई समेत आफ्नो प्राथमिकतामा राखेका छन् । केहीदशक अगाडीको तुलनामा चमेराको संख्या घट्नुमा मावतजातिको गतिविधि समेत प्रमुख कारण भएको अनुसन्धान टोलीको भनाइ छ ।

मानवबस्तीको विस्तार संगै गाउँघरमा रहेका तामाखानी लगायतका प्राचीनकालका मानवजातिकै वासस्थान समेत मानिने गुफाहमा चुनढुंगाको मात्रा बढी देखिन्छ । चुनढुंगा र पानी भएको स्थानमा गुफा बन्ने र अहिले विकासको नाममा गरिएका विनासले पुरिने क्रम बढेको अनुसन्धानकर्ताले बताए । अनुसन्धानकर्ताले गरेको पहिलो चरणमा धौलागिरि अञ्चलको तीन जिल्लामा मांसहारी र शाहकारी चमेराहरु फेला परेका छन् । फलफुल, किरापट्याङग्रा खाने चमेरा फेला परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com