२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

कृत्रिम बौद्धिकताको दौड र जोखिम: ट्रम्पको ध्यान ‘चीनलाई हराउनुमा’, विज्ञहरू भने चिन्तित 

Photo: Igor Omilaev/Unsplash

विशेषज्ञहरूले कृत्रिम बौद्धिकताले मानव जातिमा पार्नसक्ने गम्भीर जोखिमबारे लगातार चेतावनी दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती खतराहरूलाई खासै गम्भीरताका साथ नलिएको सङ्केत गरेका छन्। आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले धेरै नकारात्मक तत्त्वहरूले नहुने कुराहरूलाई अगाडि सारेर अनावश्यक त्रास फैलाइरहेको दाबी गरे।

उद्योगीहरूले एआईको विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरिरहेका बेला राष्ट्रपति ट्रम्पले भने, “हामी एआईको दौडमा चीनभन्दा अगाडि छौँ र म यसलाई यसरी नै कायम राख्न चाहन्छु। किनकि जसले एआई जित्छ, उसैले संसार जित्छ।”

हालै एन्थ्रोपिक  छोडेका अनुसन्धानकर्ता ज्याकोब कक्सनले बीबीसीलाई प्रतिक्रिया दिँदै एआई प्रणाली विकास गरिरहेका कर्मचारीहरू नै मानव जातिको भविष्यलाई लिएर “वास्तवमै डराएका” बताएका छन्। उनले विकासको गति सुस्त बनाउन चीनसँग पनि समन्वय हुनुपर्ने धारणा राखे। त्यस्तै इलोन मस्क, साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले पनि सुरक्षा जोखिम कम गर्न विकासको गति नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।

अमेरिकामा एआई नियमनलाई लिएर राजनीतिक वृत्तमा पनि तीव्र मतभेद देखिएको छ। प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले द्रुत गतिमा नियमन ल्याउँदा अमेरिकी नवप्रवर्तन संकटमा पर्ने र चीनले जित्ने चेतावनी दिनका छन्।

अर्कोतर्फ, डेमोक्रेटिक नेता हकिम जेफ्रीजले भने जनताको सुरक्षाका लागि सरकारले निर्णायक कदम चाल्नुपर्ने र एआईको विकासलाई नियन्त्रित रूपमा अगाडि बढाउनुपर्ने तर्क गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।