ओलीको प्रश्न : प्रचण्ड भारत जानुपर्ने कारण के छ? समोसा खान ?


प्रकाशित मिति : भाद्र ३०, २०७३ बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई औचित्यहीन भनेका छन्।  उनले प्रधानमन्त्रीको भ्रमण एजेण्डाबिहीन भएकाले औचित्य नभएको बताएका हुन्। नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न राजनीतिक दलमा आबद्ध ५० भन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका छन् ।  

समोसा खान भारत भ्रमणमा !

‘उहाँ (प्रचण्ड) भारत भ्रमणमा उहाँ किन जाँदै हुनुहुन्छ? हामीलाई पनि थाहा हुनुपर्‍यो नि’ ओलीले भने ‘सिँगडा (समोसा) खान जानुभएको होला। खाएर फर्किनुहन्छ।’ पूर्व प्रधानमन्त्री ओलीले प्रचण्ड प्रधानमन्त्री भएलगत्तै छिमेकी मुलुक भारत र चीनमा विशेष दूत पठाएको घटनालाई हतारको कार्य भएको समेत बताए।

‘प्रधानमन्त्री बनेलगत्तै चीन र भारतमा विशेष दूत पठाउन किन हतार भयो?’उनले प्रश्न गरे। अहिलेको कांग्रेस–माओवादी गठबन्धन अरुको इच्छा पूरा गर्नका लागि मात्र बनेको दावी गर्दै पूर्व प्रधानमन्त्री ओलीले राष्ट्रको हितमा काम गरिरहेको सरकारलाई अरुको इच्छाअनुसार ढालिएको बताए। ‘अरुको स्वार्थका लागि एमाले नेतृत्वको सरकार उहाँहरु (काग्रेस-माओवादी)ले ढाल्नुभयो। उहाँहरुको सबैभन्दा ठूलो अपराध यही हो’ ओलीले भने, ‘तर एमाले अहिले पनि सहमतिको पक्षमा छ। अरुको इच्छा पूरा गर्नका लागि राष्ट्रहित विपरित एमालेले काम गर्दैन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमानाबाट यता पठाउने बित्तिकै राष्ट्रपति ?

नेता ओलीले मधेसको नाममा राजनीति गर्ने केही तराईका धनाढ्यहरुले मधेसका नाममा हेप्दै आएको बताए। ‘मधेसका नाममा केही व्यक्ति, पार्टीले गलत विषयलाई उठाएर मधेसमाथि नै अन्याय गरिरहेका छन्। हेप्नुको पनि हद हुन्छ नि ?-ओली भन्छन्, भारतबाट विवाह गर्ने बित्तिकै सांसद मन्त्री बन्न त हामीले दिएकै छौ नि। अब सीमानाबाट यता पठाउने बित्तिकै राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानसेनापति बन्नुपर्ने भयो रे?’

५० भन्दा बढी एमालेमा प्रवेश

एमालेमा प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि चन्दनपुरका उत्तमकुमार घिमिरे, नेकपा माओवादी–केन्द्रका चन्दनपुर गाउँ कमिटीका पूर्वईन्चार्ज वेदनाथ घिमिरे, राप्रपाका कालेश्वर गाउँ कमिटीका अध्यक्ष सुवास तिमल्सिना र सचिव विदुर लामिछाने, नेपाली सेनाका पूर्वकर्णेल केदारनाथ दुलालसहित ५० भन्दा बढी रहेका छन् । पत्रकारिता, कलाकारिता लगायत स्वतन्त्र पेशाकर्मीसमेत एमालेमा प्रवेश गरेका छन् ।

जनतालाई अहित हुने काम नहोस्

प्रधानमन्त्री प्रचण्ड भारत गएकै दिन बिहीबार बसेको एमालेको स्थायी कमिटीको बैठकले भारत भ्रमणको समय छनौट उपयुक्त नभएको बताएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको बैठकमा यो भ्रमणमा देश र जनतालाई अहित हुने कुनै पनि काम नहोस् भन्नेमा जोड दिएको छ । प्रधानमन्त्रीको भ्रमणबाट धेरै अपेक्षा नगरेको भन्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नयाँ सरकार बनेको एक डेढ महिनाभित्रै यति धेरै प्राथमिकताका साथ भ्रमण गरिहाल्नु पर्ने र त्योभन्दा अगाडि विशेष दूतहरु पठाएर जानु पर्ने अवस्था होइन ।’ एमालेले भ्रमणको समय चयन पनि उपयुक्त नभएको बताएको छ । ‘देशभित्रका समस्या समाधानमा केन्द्रित हुनु पर्दथ्यो,’ ज्ञवालीले भनेका छन्, तर पनि भ्रमण सुरु भइसकेको अवस्थामा देशलाई नोक्सान हुने कुनै पनि काम नहुने भन्नेमा छलफल गरेका छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com