राजकुमार र मन्त्रीमाथि भ्रष्टाचारको आरोप


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

राजकीय आदेशभ्रष्टाचारविरोधी समिति राजकीय आदेशमार्फत गठन गरिएको थियो जसको नेतृत्व युवराज मोहम्मद बीन सलमानले गरेका छन्

साउदी अरेबियामा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरु नियन्त्रणमा लिएको रिपोर्टहरुमा जनाइएको छ।

राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केही घण्टामै मानिसहरुलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएकाहरुको नाम सार्वजनिक गरिएको छैन।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनर भन्छन्- सुधार कार्यक्रमको नेतृत्व गरेका युवराज मोहम्मदले आफ्नो शक्ति बढाउँदै लगेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ अनुसन्धान

नियन्त्रणमा लिइएकाहरुलाई के दोष लगाइएको छ भन्ने प्रष्ट छैन।

यद्यपि साउदी प्रसारक अल अरेबियाका अनुसार सन २००९ मा आएको बाढी र सन २०१२मा मर्स भाइरस देखिएका बेलाको गतिविधिमाथि नयाँ अनुसन्धान गरिएको थियो।

भ्रष्टाचारसम्बन्धी नयाँ समितिलाई पक्राउ पुर्जी जारी गर्न र यात्रा प्रतिबन्ध लगाउने अधिकार दिइएको राज्य सञ्चालित समाचार एजेन्सी ‘एसपीए’ले जनाएको छ।

अर्कोतिर साउदी न्याशनल गार्ड र जलसेना प्रमुख हटाएर गर्दै नयाँ नियुक्ति गरिएको छ।

बर्खास्त

एसपीएका अनुसार न्याशनल गार्ड मन्त्री राजकुमार मितेब बीन अब्दुल्लाह र जनसेना कमाण्डर एडमिरल अब्दुल्लाह बीन सुल्तान बीन मोहम्मद अल-सुल्तानलाई बर्खास्त गरिएको छ।

बर्खास्तराजकुमार मितेब बीन अब्दुल्लाहलाई शक्तिशाली न्याशनल गार्डको प्रमुखबाट हटाइएको छ

उनलाई हटाउनुको औपचारिक कारण खुलाइएको छैन।

राजकुमार मितेब दिवंगत राजा अब्दुल्लाहका छोरा हुन् र उनलाई कुनैबेला राजगद्दीको उत्तराधिकारीको रुपमा हेरिन्थ्यो।

उनी साउदी सरकारमा अब्दुल्लाह परिवारका सबभन्दा माथिल्लो पदमा रहेका अन्तिम व्यक्ति थिए।

राजकुमार मोहम्मदले हालै साउदी अरेबियालाई आधुनिकीकरणतर्फ लग्न “मध्यमार्गी इस्लाम” ल्याउनुपर्ने बताएका थिए।

रियादमा एउटा आर्थिक सम्मेलनमा बोल्दै मोहम्मदले “अतिवादका अवयवहरु सबै निर्मूल पार्ने” प्रतिबद्धता व्यक्त गरेका थिए।

गत वर्ष उनले सामाजिक र आर्थिक परिवर्तनका लागि बृहत् योजना सार्वजनिक गरेका थिए।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com