भारत्तोलक कार्की विश्वस्तरिय प्रतियोगीताका लागी छनोट


प्रकाशित मिति : कार्तिक १८, २०७४ शनिबार

अमेरिका निवासी नेपाली भारत्तोलक रुप कार्की अन्तराष्ट्रिय भारत्तोलन प्रतियोगीतामा प्रतिस्पर्धाको लागी छनोट भएका छन् । यहि नोभेम्बर १८ र १९ तारिखमा जर्जीयाको एटलान्टामा हुने अन्तराष्ट्रिय भारत्तोलन लिग च्याम्पियनसीपका लागी उनि छनोटमा परेका हुन् । विश्वभरका हेभिवेट भारत्तोलकहरु प्रतिश्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । राष्ट्रिय वा महादेशीय प्रतियोगीता जितेका प्रतियोगीहरु मात्र सो प्रतिस्पर्धामा सहभागी हुन पाउछन् । यो प्रतियोगीता जितेमा कार्की भारत्तोलनको विश्व च्याम्पियन बन्ने छन् ।

विगत एक दशक देखि भर्जिनिया बस्दै आएका कार्की गत बर्ष उत्तर अमेरिकी महादेशीय स्तरको प्रतिस्पर्धामा पनि उत्कृष्ट भएका थिए । उनि हेभिवेट भारत्तोलक हुन् । रुप कार्कीले छोरा रुपेश कार्कीको प्रशिक्षणमा लामो समयदेखि नियमित प्रशिक्षण गरिरहेका छन् । “विश्वस्तरको प्रतिश्पर्धामा सहभागी हुने मेरो ठुलो सपना थियो, त्यो पुरा भएको छ” कार्कीले भने ।

नेपालको रुपन्देही स्थाइ घर भएका कार्की विगत पन्ध्र बर्षदेखि अमेरिका बस्दै आएका छन् । नेपाल रहदा देखी नै भारत्तोलनका विभिन्न प्रतियोगीतामा सहभागी हुदै आएका कार्कीले अमेरिका आए पछि कठिन परिस्थितिका बावजुद अभ्यास निरन्तर राखेका थिए । उनले विभिन्न स्थानिय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाइ रहे यद्यपी शुरुका दिनहरुमा निराशा सिवाय केहि हात लागेन । तर उनले हरेश खाएनन् । नियमित अभ्यास र आत्मविश्वासले नै आफुलाइ यो स्तरको सफलता दिलाएको उनि स्मरण गर्छन । “जति निराशा हात लागे पनि मैले हरेश खाइन, निरन्तर मेहनतको फल हो यो” उनले भने ।

कार्की छनोट भएको प्रतियोगीतामा विश्वभरका भारत्तोलकहरु सहभागी हुनेछन् । भारत्तोलनको यो उच्चस्तरिय प्रतिश्पर्धा मध्यको एक हो । “उच्च आत्मबलका साथ सहभागी हुदैछु, म पदक ल्याउनेमा विश्वस्त छु” कार्कीले भने । गतबर्ष महादेशिय प्रतियोगिता जिते पश्चात उनलाइ विश्वस्तरिय प्रतिश्पर्धामा सहभागी हुन सकिन्छ भन्ने लागेको थियो । भारत्तोलन मार्फत नेपालको नाम उज्यालो बनाउने सपना बोकेका कार्की भन्छन्, “मेरो नेपाललाइ विश्वमा चिनाउने हो, म जितेर फर्र्किने छु ।” उनले प्रतियागीतामा उपस्थित भै हौसला बढाइ दिन पनि सबै नेपालीलाइ अनुरोध गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com