‘मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।

मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको ‘राजनीतिक दलहरुका चुनावी घोषणापत्र र आप्रवासी कामदारका सरोकार’ विषयक छलफल कार्यक्रमका सहभागीले विदेशमा रहेका कामदारलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गरेर पाँच वर्षपछि हुने निर्वाचनमा उनीहरुको सहभागिता सुनिश्चितता गरिनुपर्ने सुझाव दिए ।

सबै प्रमुख दलले विगत १० वर्षअघिदेखि नै आफ्नो चुनावी घोषणापत्रमा विदेशमा रहेकालाई मतदानको अधिकार व्यवस्था गरिने लेख्दै आए पनि कार्यान्वयनमा उदासीनता देखाएको कार्यक्रमका सहभागीले बताए ।

नेपाली काँग्रेसका प्रतिनिधि सीताराम खत्रीले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित राख्ने विषयमा केन्द्रित रही आफ्नो पार्टीले घोषणापत्रमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा (एमाले)का प्रतिनिधि वीरबलकाजी राईले वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितलाई संरक्षण गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा आफ्नो पार्टीले घोषणापत्रमा जोड दिएको जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हिमलाल पुरीले पहिलो चरणमा नेपालीको संख्या अधिक रहेका केही देशबाट शुरु गरेर क्रमशः अन्य देशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रवासी नेपाली समन्वय समितिका महासचिव सोमप्रसाद लामिछानेले दलहरुले आप्रवासी कामदारका विषयमा घोषणापत्रमा लेखेका विषय लेखनमा मात्रै सीमित हुने गरेको टिप्पणी गर्नुभयो ।

पिपुल फोरमका सल्लाहकार सोमप्रसाद लुइँटेलले विश्वका ११५ मुलुकले आप्रवासी कामदारलाई मतदानको व्यवस्था मिलाएको जानकारी दिँदै नेपालले पनि विदेशस्थित नेपाली नियोगमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com