हङकङमा गायिका रचनाको रचनात्मक सामाजिक कीर्तिमानी


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

काठमाडौ । दिनभर हङकङमा जीविकाको लागि आफ्नो काममा गएर विहान–वेलुका बचेको समयमा हङकङ नेवार समाजको कार्यमा कटिबद्ध भएर लाग्न निश्चय पनि हङकङमा कठिन कुरा हो ।

यसै सिलसिलामा नेपाली चेली हङकङमा बसोबास गर्दै आएकी रचना प्रधान विशेषत आफ्नै घरायसी कार्यमा व्यस्तताका वावजुद पनि एक अब्बल महिला तथा समाजसेवीको रुपमा चिरपरिचित छिन् ।

त्यसको अलावा हङकङमा हुने विभिन्न धार्मिक सभा-समारोहमा भजन गाउने गायिकाको रुपमा पनि चिनारी राख्न सफलता प्राप्त गदै आएकी रचना प्रधानको विगत एक बर्षयता नयाँ परिचय बनाउँन सफल भएकी छिन्।

त्यो परिचय हो–हङकङ नेवार समाजको अध्यक्ष। हङकङ नेवार समाजको चौथो अधिवेशनले गत बर्ष अध्यक्षमा निर्वाचित बनेकी रचनाको कार्यकाल हेर्दाहेर्दै एक बर्ष वितिसकेको छ । अव एक बर्षमात्र बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हङकङ नेवार समाजको अध्यक्षको नेतृत्वको एक बर्षमा हङकङमा रहेका नेवारहरुलाई एकिकृत गर्ने कार्यमा अहोरात्र खटिरहने कार्यमा रचनावाट भएको छ।

नेवार समाजमा पर्ने विविध समस्यालाई निराकरण गर्ने देखि नेपाल तथा हङकङमा रहेका नेवारहरुलाई सहयोग गर्ने जस्ता कार्यमा निरन्तरता दिने कार्य रचनाको टीमवाट हुंदै आएको छ ।

अर्कोतर्फ पितालाई कलेजो दान दिने साहसी युवती सरिता महर्जनको सहयोगार्थ हालै हङकङमा विशेष कार्यक्रम गरेर नगद ५ लाख जुटाएर सहयोग गर्ने कार्य भएको छ।

अघिल्लो बर्षजस्तै यो बर्षपनि नेपाल संवत नयाँ बर्षको अवसरमा विशेष म्हःपूजा कार्यक्रम तथा परम्परागत अर्गानिक नेवार भोज लगायतका सामाजिक कार्यक्रम गरेर हङकङमा नेवार समुदायलाई एकतामा अभिबृद्धि गर्ने ऐतिहासिक अभियान कार्यको शुरुवात नै गरेकी छिन्।

अर्कोतर्फ भने नेवार भाषाको बहुचर्चित चलचित्र तुयुमतिलाई हङकङमा रिलिज गरेर त्यसका निर्माता मनिष कुमार श्रेष्ठलाई नगद ३ लाख भएपनि जुटाएर सहयोग गर्ने कार्य समेत भएको छ ।

विसं.२०७२ साल बैशाख १२ गते नेपालमा गएको महाभूकम्पको बेलामा पनि व्यक्तिगत रुपमा हङकङवाट नेपाल आएर भूकम्प पीडितहरुलाई विभिन्न सहयोग गर्ने कार्य रचना प्रधानवाट भएको थियो।

नेवार तथा गैह्रनेवार सवैलाई एक नेपालीको हैसियतले दुःख तथा पीर–मर्कामा सक्दो सहयोग गर्ने कार्य रचना प्रधानवाट हुंदैआएको छ। समाज–सेवामा बाँचुञ्जेल लागिरहने प्रतिबद्धता समेत उनले वताइन्।

जस्तोसुकै कठिन कार्यमा पनि सहजतापूर्वक लागिपर्ने भाग्यशाली महिना रचनाको भगवानरुपी पति–परमेश्वरकासाथ र सहयोगले सहज भएको खुलासा गर्ने कार्य रचना प्रधानवाट भएको छ ।

रचना प्रधानको पति–परमेश्वर नाम नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ हुन् । हङकङमा गायक श्रेष्ठ पनि गीत–संगीतमा नै व्यस्त बनिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com