पूर्व प्रधानमन्त्री शरिफ अदालत उपस्थित हुँदै


प्रकाशित मिति : कार्तिक १७, २०७४ शुक्रबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आफूमाथि लागेको भ्रष्टाचारका दुईवटा मुद्दाको सुनुवाईका लागि इस्लामावादस्थित अदालतमा उपस्थित हुँदैछन्।

उनी र उनको परिवारका सदस्यहरुमाथि लण्डनमा भएको सम्पत्तिलाई लिएर भ्रष्टाचारको अभियोग लागेको छ।

उनीहरुले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्।

शरिफ परिवारका समर्थकहरुले भ्रष्टाचारसम्बन्धी मुद्दा राजनीतिक प्रतिशोध भएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अयोग्य

यसअघि पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार सम्बन्धी अभियोगहरुमा गरिएको छानबिनपछि शरिफलाई सार्वजनिक ओहदामा बसिरहन अयोग्य घोषित गरेको थियो।

अदालतले उनलाई अयोग्य ठहर गरेपछि ६७ वर्षीय शरिफले गत जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

अदालतले देशको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्यासनल अकाउण्ट्याबिलिटी ब्यूरोलाई अनुसन्धान गर्न र शरिफका परिवारको सबै सम्पत्ति र आर्थिक कारोबारको पनि छानबिन गर्न निर्देशन दिएको थियो।

ब्रिटेनमा बस्दै आएका शरिफ बिहीबार लण्डनबाट पाकिस्तान फर्केका हुन्।

पूर्वप्रधानमन्त्री, नवाज शरिफ, सर्वोच्च अदालततस्वीर कपीराइटAFP

छानबिन

त्यहाँ उनी आफ्नी श्रीमतीको क्यान्सरको उपचार गराइरहेका थिए।

अदालतमा उनको पहिलो उपस्थितिलाई स्वदेश तथा विदेशमा चासो पूर्वक हेरिने बीबीसीका अनबरअसन एटिराजनले बताए।

गत महिनाको सुनुवाईमा शरिफ उपस्थित नभएपछि अदालतले जमानतमा रिहा हुनसक्ने गरी पक्राउ पुर्जी जारी गरेको थियो।

सन् २०१६ को ‘पनामा पेपर्स’ प्रकरणमा शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिबारे छानबिन गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com