इन्धनको मूल्य वृद्धि फिर्ता


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी बढाएको इन्धनको मूल्य वृद्धि फिर्ता गरेको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्यवृद्धि फिर्ता लिएको जानकारी दिए ।

निगमले प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो । चौतर्फी दबाबपछि निगमले मूल्यवृद्धि फिर्ता लिएको हो ।

अब पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा नै कायम हुने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य बढाएर आयल निगमलाई पठाएको थियो । मूल्य वृद्धि फिर्ता भएपछि निगमलाई १५ दिनमा २२ करोड घाटा बेहोर्नुपर्ने निगमले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com