अमेरिकी राष्ट्रपति ट्रम्प अर्काेहप्ता चीन जाने


प्रकाशित मिति : कार्तिक १६, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणका लागि आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको हो ।

उहाँ यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्नुुहुने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले बिहीबार बिहान प्रकाशन गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ– सो भ्रमणका क्रममा चीन र अमेरिकाका राज्य प्रमुखहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ ।

उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने केही बताइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com