एनआरएन न्यूयोर्क च्याप्टरले रक्तदान शिविर आयोजना गर्ने


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

 

रक्तदान जीवनदान भन्ने मुल मन्त्रलाइ अत्मसात गर्दै एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
अमेरिकामा पछिल्लो समय विभिन्न प्राकृतीक प्रकोपका कारण भैरहेको रगत अभावलाइ न्यूनीकरण गर्न सहयोग पुगोस भन्ने उदेश्यका साथ यहि नोभेम्बर २५ तारिख शनिबारका दिन रक्तदान शिविर संचालन गर्ने उदेश्य राखिएको संस्थाका महासचिव महेश खड्काद्धारा जारि विज्ञप्तिमा उल्लेख छ । एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरले कुइन्सि काउन्टिको न्यूयोर्क ब्लड सेन्टरसंगको सहकार्यमा हरेक बर्ष कम्तिमा एकपटक रक्तदान शिविर संचालन गर्ने सहमति समेत गरेको छ । सोही कार्यक्रम अनुसार सरकारि सस्थाको समेत सहमति र सहकार्यमा यो शिविर आयोजना गरिएको एनआरएनए अमेरिकाका सचिव होमनाथ गौतमले जानकारि दिए । “नियमीत रक्तदानको लागी हामीलाइ सरकारि निकायबाट मान्यता प्राप्त छ, सोही अनुसार अमेरिकाभर रगत अभाव देखिएकोले यो शिविर संचालन गर्न लागेका हौँ” गौतमले भने ।


शिविर ज्याक्सन हाइट्स नजिकै उडसाउड एभिन्यूमा रहेको अधिकारको सामुदायीक भवनमा आयोजना गरिएको छ । न्यूयोर्क च्याप्टरले कार्यक्रममा उपस्थित भै रक्तदानमा सहभागी हुनको लागी सबै समुदायमा आग्रह गरेको छ । बिहान ११ बजे शुरुहुने रक्तदान कार्यक्रम सांझ ५ बजेसम्म चल्ने महासचिव खड्काद्धारा जारि विज्ञप्तिमा जनाइएको छ ।
गत सेप्टेम्बरमा नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हले यता एनआरएनए न्यूयोर्क च्याप्टरले विभिन्न समाजीक कामहरुको बार्षिक तालिका निर्माण गरि अधि बढ्न लागीएको उपाध्यक्ष विष्णु रानामगरले जानकारि दिए । च्याप्टरले गत अक्टुबर १२ मा एनआरएन दिवसको अवसरमा एक वृहद अन्तक्रिया समेत आयोजना गरेको थियो । रक्तदान पश्चात न्यूयोर्कका सम्पुर्ण सामुदायीक संस्थासंग एक संयुक्त अन्तक्रिया गरि सबै संस्थाको भावना अनुसार थप कार्यक्रहरु निर्माण गरि अधि बढ्न् तयारि च्याप्टरको रहेको छ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com