भारत भ्रमणबारे प्रधानमन्त्रीद्धारा संसदलाई जानकारी


प्रकाशित मिति : भाद्र २९, २०७३ बुधबार

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।  भारत भम्रणको क्रममा राष्ट्रहित विपरितको कुनै सम्झौता नहुने बताएका छन्। आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा राष्ट्रहित विपरित कुनै समझौता नहुने प्रष्ट पारेका हुन्। प्रधानमन्त्री प्रचण्डले यसअघिको सम्झौता भएको परियोजनाको सफल कार्यान्वयनमा बण्ढी प्राथमिकता दिएको बताए।

प्रधानमन्त्री प्रचण्डले भ्रमणमा विगतमै भएको सम्झौता अनुरुप हुलाकी राजमार्गको पहिलो चरणको काम सम्पन्न गर्ने सम्बन्धमा र दोस्रो चरणको हुलाकी सडक बिस्तारमा सहयोगका प्रस्ताव राखिने बताए।

उनले नेपालको डुवान क्षेत्रको समस्या समाधानमा पहल गर्न र भारतको विसाखापटनमदेखि नेपालम्म रेल सेवा बिस्तार गर्ने सम्बन्धमा सम्झौता आदान प्रदान गरिने छ। आफ्नो भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने प्रधानमन्त्रीको विश्वास छ। पाँच दिने भ्रमणका क्रममा विसखापटनम बन्दरगाहबाट नेपाली भूमिसम्म रेल सेवा सञ्चाल हुने गरी रेल वे सेवा सम्बन्धि सम्झौता संशोधन हुने प्रधानमन्त्रीको भनाइ छ।

बिहीबार भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री प्रचण्ड त्यस दिन नेपाली दूतावासको स्वागत कार्यक्रममा सरिक हुनेछन्। यस्तै, शुक्रबार राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गर्नेछन् भने त्यही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने उनले सदनमा जानकारी गराए। उनको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातयात मन्त्री रमेश लेखक, पत्रकार तथा व्यापारीहरु समेत सहभागी हुनेछन्। 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com