कलंकी अन्डरपासको ४० प्रतिशत काम सकियो, निर्माण धमाधम (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १५, २०७४ बुधबार

१५ कात्तिक, काठमाडौं । जुन २०१८ सम्ममा सञ्चालनमा ल्याउनेगरी कलंकी अन्डरपास निर्माण धमाधम अघि बढेको छ ।हालसम्म ४० प्रतिशत काम सकिएको छ ।

काठमाडौं चक्रपथ सुधार आयोजना प्रमुख ज्ञानेन्द्र झाका अनुसार, चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अन्डरपास निर्माण गरिरहेको छ । उक्त खण्डको पाइलिङको हालै सकिएको छ ।

कलंकी–बल्खु खण्डमा अहिले कंक्रिटाइजेसनको काम भइरहेको छ । माटो हटाउने काम धमाधम छ भने स्ल्याब राखिसकिएको छ ।

जुलाई २०१८ अघि नै काम सक्ने लक्ष्य चिनियाँ कम्पनीको छ । उक्त योजना चीन सरकारकै सहयोगमा निर्माणाधीन छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

आठ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतर्फ अधिकांश काम सकेर सीतापाइलातर्फको निर्माणमा तीव्रता दिइएको छ ।

आयोजना प्रमुख झाका २० दिनयता चिनियाँ कम्पनीले काममा तीव्रता दिएको हो । ‘तर, समय सीमामा काम सक्न कामदार थप्न जरुरी छ,’ उनले भने, ‘कामदार थप भनिरहेका छौं ।’

बल्खु खसीबजारबाट आएका सवारी साधनलाई सोही मार्गबाट सीतापाइलासम्म पुग्ने व्यवस्था मिलाइन लागेको हो । खसीबजारबाट थानकोट र सोल्टीमोडतर्फ जाने सवारीले भने हाल सञ्चालनमा रहेको सडक नै प्रयोग गर्नुपर्ने छ ।

थानकोट–कालीमाटी ओहोरदोहोर गर्ने सवारी साधनहरु अन्डरपासको माथिबाट गुड्नेछन् । यसको निर्माण बाँकी छ ।

सुस्त भयो तर रोकिएन


चिनियाँ कम्पनीले निर्माण थाल्दा वर्षात्मा पूर्ण रुपमा रोक्ने बताएको थियो ।

आयोजना प्रमुख झाका अनुसार वर्षात्मा पूर्ण रुपमा काम रोकिएन । उनले भने, ‘काम सुस्त भएको थियो, २० दिनयता फेरि तीव्रता आएको छ ।’

विनासकारी भूकम्प र भारतको नाकाबन्दीका कारण यसको निर्माण एक वर्षपछि धकेलिएको थियो । सुरुवातको सम्झौतामा जनवरी २०१७ मै काम सकिने उल्लेख थियो ।

यस्तो हुन्छ फाइदा

उपत्यकाबाट बाहिरिँदा होस् या भित्रिँदा, अहिले कलंकीको जाममा फस्नु पर्छ । एक घण्टाको जाम त कलंकीमा सामान्यजस्तै छ । तर, अन्डरपास निर्माण भएसँगै यो समस्या हट्ने छ ।

अहिले थानकोटबाट आउने सवारी साधन कालीमाटीतर्फ जान र बल्खुबाट आएका साधन सीतापाइलातर्फ मोडिँदा ट्राफिक जाम हुने गर्छ ।

दुवैतर्फबाट आउने साधनले एउटै सडक प्रयोग गर्नुपर्दाको बेफाइदा हो यो । अन्डरपासमार्फत् थानकोटबाट कालीमाटी जानेआउने सवारी साधन बिनाजाम निर्वाध गन्तव्यतर्फ जान पाउने छन् ।

Source : Onlinekhabar

फोटोः कमल प्रसाई/अनलाइनखबर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com