इस्लामिक स्टेटद्वारा मेस्सी र नेमारलाई ज्यान मार्ने धम्की


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

काठमाण्डौं, १३ असोज । आतंकवादी समुह इस्लामिक स्टेट९आइएस०ले अर्जेन्टेली फुटबल स्टार लियोनल मेसी र ब्राजेलियन फुटबल स्टार नेइमार जुनियरलाई ट्विटरमार्फत एक तस्बिर सार्वजनिक गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

प्रो -आइएसआइएस ट्वीटर ग्रुपबाट सार्वजनिक भएको उक्त तस्बीरमा नेइमारको घाटीमा एक आतंकवादीले समातेको र नेइमार रोइरहेको अवस्थामा देखिन्छन् भने लिआनेल मेस्सी भुईमा लडिरहेको अवस्थामा छन् । फोटोसप गरिएको उक्त तस्बिरमा मेस्सीलाई मारिएको अवस्थामा देखाइएको छ र मेस्सी नजिकै इस्लामिक स्टेटको झण्डा देखिन्छ ।

उक्त तस्बिरलाई इरानी समाचार संस्था वाइजीसीले ‘आइएसले विश्वकप २०१८ लक्षित गर्दै मेस्सी र नेमारलाई दिएको धम्किसहितको तस्बिर’ भनि सेयर गरेको छ।

आइएसको मुखपत्र वाफा मिडिया फाउन्डेसनले केहीदिन अगाडि पनि यस्तै एउटा तस्बीर सार्वजनिक गरेको थियो जसमा रगताम्मे मेस्सी जेलको भित्रबाट रोइरहेको अवस्थामा देखिन्थ्ये ।

आइएसले यस्तो तस्बिर सार्वजनिक गरेपछि अर्जेन्टिना फुटबल संघका प्रमुख क्लाउडियाले रसियाका राजदुत भिक्टोर कोरोनिलीलाई भेटी मेस्सी लगायत फुटबल खेलाडीहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए।

मेस्सी र नेइमार आगामी रसियामा जुन १४ बाट शुरु हुने विश्वकपमा आफ्नो देशबाट प्रतिनिधीत्व गर्दैछन् । जुलाई १५ सम्म चल्ने प्रतियोगिताको अन्तिम खेल मस्कोमा रहेको लुज्नीकी स्टेडियममा हुनेछ । पुर्वी रिर्पोटमा आइएसआइएसको धम्की खेलाडी विरुद्ध नभई विश्वकप प्रतियोगिता विरुद्ध लक्षित भएको बताइएको थियो । यस्तोमा फुटबलप्रेमी विश्वकप हेर्न रसिया जाने वा नजाने भन्ने दोधारमा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com