गुल्मीमा १३ यात्रु बाकेको माइक्रोबस भीरबाट खस्यो


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

गुल्मी, १३ कात्तिक । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ४ मा माइक्रोबस दुर्घटना भएको छ ।

तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नं को माइक्रोबस भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटना स्थल रिडिबाट नजिक हो । घटनाको थप विवरण आउन बाँकी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com