ह्याक भएको रकम फिर्ता


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

काठमाडौँ, १३ कात्तिक । एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले समाचारमा विभिन्न रकम बाहिर आएको प्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “बाहिर जे आए पनि रु ३१ करोडमा मात्र ‘हिट’ भएको थियो, त्यसमध्ये रु १६ करोड मात्र कारोबार भएको थियो ।” उहाँले सबै रकम फिर्ता आउने अन्तिम चरणमा रहेको बताउनुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, “लगातार दुई दिन बिदा भएकाले काम भएन, आजदेखि काम शुरु भएको छ, सबै रकम फिर्ता हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com