ह्याक भएको रकम फिर्ता


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

काठमाडौँ, १३ कात्तिक । एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भइसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने भएको छ । बैंकको कारोबार प्रणालीमा ह्याक गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले समाचारमा विभिन्न रकम बाहिर आएको प्रति असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “बाहिर जे आए पनि रु ३१ करोडमा मात्र ‘हिट’ भएको थियो, त्यसमध्ये रु १६ करोड मात्र कारोबार भएको थियो ।” उहाँले सबै रकम फिर्ता आउने अन्तिम चरणमा रहेको बताउनुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, “लगातार दुई दिन बिदा भएकाले काम भएन, आजदेखि काम शुरु भएको छ, सबै रकम फिर्ता हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com