स्पेन एकताको पक्षमा विशाल प्रदर्शन


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

काठमाण्डौं, १३ काक्तिक । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनविरुद्ध नाराबाजी गर्दै कैद सजाय दिनुपर्ने मागसमेत गरेका छन् । स्पेनको केन्द्रीय सरकारले क्याटलोनमा आफ्नो प्रत्यक्ष शासन लागू गर्दै पुज्डमोनलाई बर्खास्त गरेको थियो । त्यसअघि क्याटलोलिया संसद्ले स्वतन्त्रता घोषणा गरेको थियो । यसैबीच बेल्जियमका एक मन्त्रीले पुज्डमोनले आफ्नो देशमा राजनीतिक शरण लिन सक्ने बताएका छन् । तर पुज्डमोनले क्याटलोनिया छोड्ने कुनै संकेत दिएका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com