प्रधानमन्त्रीको भ्रमण टोलीमा १ सय १६ जना


प्रकाशित मिति : भाद्र २९, २०७३ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगी/व्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् ।

‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र (उद्योगी/व्यापारी) र संचारकर्मी समेत गरी १ सय १६ जनाको नाम स्विकृत भएको छ,’ स्रोतले भन्यो, ‘भारत प्रस्थान गर्ने बेलासम्म एक/दुई जना नाम थपघट हुनसक्छ ।’ प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नाम मन्त्रिपरिषद बैठकले अन्तिम स्वीकृत गर्न भने बाँकी छ ।

स्रोतका अनुसार सरकारी प्रतिनिधिमण्डलमा परेका ५० जनाको मात्र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ । यसमध्ये नयाँदिल्लीस्थित नेपाली दूतावासबाट सहभागी हुने कर्मचारीको स्थानिय खर्च मात्र सरकारले व्यहोर्ने नागरिकमा खबर छ ।प्रतिनिधिमण्डलमा सहभागी गराईएका ३३ उद्योगी/व्यापारी र ३३ संचारकर्मीको खर्च भने उनीहरु स्वयमले व्यहोर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् । यस्तै, परराष्ट्र सचिव शंकर दास वैरागी, उर्जा सचिव अनुपकुमार उपाध्याय, बाणिज्य सविच ङइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव धनबहादुर तामाङ र प्रधानमन्त्री कार्यालय सचिव पनि प्रधानमन्त्रीको भारत भ्रमणमा रहनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com