शिर जोडिएका भारतीय जुम्ल्याहाको शल्यक्रिया


प्रकाशित मिति : कार्तिक ११, २०७४ शनिबार

भारतको राजधानी दिल्लीमा शल्यचिकित्सकहरुले शिर जोडिएका जुम्ल्याहा बालकको शल्यक्रिया गरी उनीहरुलाई छुट्याएका छन्।

दुई वर्षीय जागा र कालियालाई छुट्याउन १६ घन्टा लामो शल्यक्रिया भएको थियो र उनीहरु अहिले सघन उपचार कक्षमा रहेको चिकित्सकहरुले बताएका छन्।

भारतमै पहिलो भनिएको यस्तो किसिमको शल्यक्रिया ३० सदस्यीय चिकित्सकको एक टोलीले एक सरकारी अस्पतालमा गरेका थिए।

ती बालकका रक्तनली र मस्तिष्कका तन्तु जोडिएका थिए। निकै दुर्लभ किसिमको यस्तो अवस्था तीस लाख वटा जन्ममध्ये एउटामा देखिने बताइन्छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) का निर्देशक रणदीप गुलेरियाले प्रेस ट्रस्ट अफ इन्डियालाई भने, “शल्यक्रियाको सफलताबारे निर्क्यौल गर्न अबका १८ दिन निकै महत्वपूर्ण हुनेछ।”

चुनौती

बालकतस्वीर कपीराइटAIIMS
Image captionजुम्ल्याहा बालकहरुलाई १६ घण्टा लामो शल्यक्रियापश्चात छुट्याइएको थियो।

पूर्वी भारतीय राज्य उडिसाका एक गाउँका ती जुम्ल्याहाको जन्मिँदा टाउको जोडिएको थियो। त्यस्तो अवस्थालाई क्रेनियोपिगस भनिन्छ।

शल्यक्रिया गरिनुअघि नै उनीहरुले ठूलो चुनौतीलाई परास्त गरिसकेका थिए। क्रेनियोपिगस हरेक तीस लाख जन्ममध्ये एक जन्ममा हुन्छ र त्यसरी जन्मिएकामध्ये ५० प्रतिशतको जन्मेको २४ घण्टाभित्रै ज्यान जाने गरेको चिकित्सकहरुले बताएका छन्।

“दुवैजना बच्चामा अन्य स्वास्थ्य समस्याहरु पनि रहेका छन्। जागाको मुटुमा समस्या छ भने कालियाको मृगौलामा समस्या छ,” स्नायु शल्यचिकित्सक विशेषज्ञ एके महापात्रले भने।

“जागा शुरुमा स्वस्थ्य भए पनि उनको अवस्था अहिलो खस्कँदो छ,” उनले थपे।

चिकित्सकहरु बताउँछन् – शल्यक्रियापछि ती बालकहरुको टाउकोमा खाल्डोजस्तो भएको छ। ती छोप्न चाहिने छाला उपलब्ध गराउनु सबैभन्दा चुनौतीपूर्ण कार्य रह्यो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com