त्रिशुलीमा बस खस्दा ‘१९ जनाको मृत्यु’


प्रकाशित मिति : कार्तिक ११, २०७४ शनिबार

जीवितत्रिशुली बस दुर्घटनामा जीवित उद्धार गरिएकाहरु

पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा शनिवार बिहान एउटा यात्रुबस खस्दा कम्तीमा १९ जनाको ज्यान गएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताएका छन्।

अहिलेसम्म मृत्यु हुनेमा ८ जना पुरुष, ५ जना महिला र तीनजना बालबालिका रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

उद्धार तथा खोजी कार्य जारी रहेको उनले बताए।

सुरक्षाकर्मीत्रिशुली नदीमा डुबेको बसमा सवार यात्रुको खोजीमा रहेका सुरक्षाकर्मीहरु

गम्भीर घाइते भएका यात्रुलाई राजधानी काठमाण्डू लगिएको र सामान्य घाइतेहरुको गजुरीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदीमा खसेको थियो ।

BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com