भारत भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ


प्रकाशित मिति : भाद्र २८, २०७३ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेबाट हुन लागेको भारतको राजकीय भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे हालसम्म भएका तयारीको जानकारी गराएका हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुनको समेत उपस्थितिमा प्रधानमन्त्री दाहालले हालसम्मको तयारी तथा सरकारको पछिल्लो काम कारबाहीबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए।राष्ट्रपतिसँगको भेटका क्रममा असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन उपराष्ट्रपति पुन बुधबार भेनेजुयला जाने विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराइएको थियो।

राष्ट्रपति भण्डारीले असंलग्न राष्ट्रको शिखर सम्मेलनको पूर्ण सफलताको कामना गर्नुका साथै दुवै भ्रमण फलदायी हुन सकून् भन्ने शुभेच्छासहित उपराष्ट्रपति र प्रधानमन्त्री दुवैलाई शुभयात्राको कामना गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले बताए।

यसैगरी, भेटवार्तामा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिएका थिए।सो अवसरमा मंगलबार नै भारतबाट स्वदेश फर्किएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति भण्डारीसँग आफ्नो भारत भ्रमणका क्रममा भारतीय पक्षसँग भएको छलफलबारे अवगत गराएका थिए। प्रधानमन्त्री दाहाल भदौ ३० गते चारदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान जाँदैछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com