एनआरएन हेल्प डेस्कले पुर्णता पायो


प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

उपसभापति उमा कार्की थापाको संयोजकत्वमा गठित एनआरएन अमेरिको एक महत्वपुर्ण निकाय, एनआरएन हेल्प डेस्कले औपचारिक रुपमा पुर्णता पाएको छ ।
एनआरएनए अमेरिकाले पश्चिम क्षेत्रीय उपसभापति उमा कार्की थापाको संयोजकत्वमा एनआरएन हेप्प डेस्क स्थापना गर्नै निर्णय गरेको थियो । सोहि बमोजीम संयोजक थापाद्धारा प्रस्तुत अवधारणापत्रलाइ एनआरएनए अमेरिकाको सेप्टेम्बर १ मा बसेको बैठकले सर्वसम्मतले पारित गरेको थियो । सोहि अनुसार संयोजक थापाले अमेरिकाको बिभिन्न भागलाइ प्रतिनिधित्व गर्ने गरि सात सदस्यीय केन्द्रिय समितिलाइ पुर्णता दिनुभएको छ । मानोनित सदस्यहरुमाथलराज पन्त,टेक्सास, सुमन वस्ती, इलिनोइ, वासुदेव खनाल, कोलोराडो, सञ्जय थापा, न्यूयोर्क, विश्वमान आङ्दम्वे, जर्जिया र सदस्य सचिवमा मणिनेपाली पनेरु रहनु भएको छ।
त्यसै गरी सो अवधारणापत्र अनुसार राज्य तहमा जनघनत्व र आवश्यकताका अधारमा १ राज्य संयोजक र १ राज्य सचिव सहित अधिकतम २१ सदस्य राज्य समिती गठन गर्न सकिने प्राव्धान राखिएको छ । 

उपसभापति थापाले केन्द्रिय संयोजन समितीको गठन च्याप्टर लगायत अन्य ठाउँंहरुमा पनि हेल्प डेस्क स्थापना गर्ने सन्दर्भमा यो पहिलो र महत्वपुर्ण कदम भएको बताउँनु भयो । “अब अमेरिकाभर एनआरएन च्याप्टर र स्थानीय संघ संस्थाहरुको सहभागीतामा हेल्प डेस्कहरु गठन गरिने छ” वहाँले भन्नुभयो ।एनआरएन च्याप्टर नभएको राज्यहरुमा उपयुक्त फोकल पर्सनको संयोजकत्वमा हेल्प डेस्क स्थापना गरी सहयोग पुर्याउने स्पष्ट पार्दै सम्पुर्ण अमेरिकावासी नेपालीलाइ सहयोगको लागी आग्रह समेत गर्नुभयो । विभिन्न समस्यामा परका नेपालीको समस्या समाधानको लागी पहल गर्ने उदेश्यले एनआरएन हेल्प डेस्को स्थापना भएको हो ।
यसैबिच सदस्य सचिव मणिनेपाली पनेरुले समस्यामा परेका नेपालीको उद्धारमा सबै नेपाली जुट्नु पर्ने बताउदै हेल्प डेस्कले टेलीफोन हटलाइन, सामाजीक संजाल तथा वेभसाइट मार्फत सुचाना प्रवाह र पिडितको तल्काल राहतको लागी फन्ड संकलन जस्ता कार्यक्रमहरु कार्यन्वयन गरिने जानकारि दिनु भएको छ ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com