नेपाली मूलका युवा अमेरिकी स्थानीय चुनावका उमेद्धार


प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका एक यूवाले उमेद्धारी दिएका छन् । न्यूह्यामसर राज्यको म्यान्चेष्टरमा बस्दै आएका माधव गुरुङले स्थानीय म्यान्चेष्टर शहर नगरपालिकाको वार्ड नं. १२ को सेलेक्टम्यान पदमा उमेद्धारी दिएका हुन् । सेलेक्टम्यान पद नेपालको नगरपालिकाको वार्ड सदस्यजस्तै पद हो ।

गुरुङलाई डेमोक्रेटिक पार्टीले उक्त पदको लागि उमेद्धारको रुपमा चयन गरेको हो । आगामी नोभेम्बर ७ तारिखका दिन सम्पन्न हुने चुनावमा गुरुङले अन्य ६ जना उमेद्धारहरुसँग प्रतिस्पर्धा गर्नेछन् । ३ सेलेक्टम्यान पद रहेको उक्त वडामा डेमोक्र्याट र रिपब्लिकन पार्टीका ३/३ जनाले उमेद्धारी दिएका छन् ।

‘अमेरिकी मूलधारका प्रमुख पार्टीले आप्रबासी मूलका मानिसहरुलाई पत्याएर टिकट दिनु प्रमुख कुरा हो, जित्नु वा हार्नु दोस्रो कुरा हो’ उमेदवार गुरुङले भने ।

गुरुङ सन् २०१२ यता डेमोक्र्याट पार्टीको स्थानीय तहमा क्रियाशिल छन् । ‘मैले यो अवसर पाएकोमा एकदमै हर्षित छु’ गुरुङले थपे ‘यो अवसरले हामीजस्ता आप्रबासीहरुलाई पहिचान मात्रै दिलाएको छैन, आप्रबासीहरुसँग पनि राजनैतिक नेतृत्व गर्ने क्षमता छ भनेर मूलधारका पार्टीले पत्याएका छन्, उसमाथि नेपाली मूलका अमेरिकनहरुलाई यो अवसले उत्साहित बनाएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको इलाममा जन्मिएका गुरुङ विगत १० बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । साउदर्न न्यूह्यामसर युनिभर्सिटीका विद्यार्थीसमेत रहेका गुरुङ न्यूह्यामसर नेपाली समाजका सचिव, गुरुङ (तमु) समाज न्यूह्यामसरका महासचिव तथा न्यूह्यामसर पब्लिक रेडियोका संचालन सदस्य हुन् ।

गुरुङ न्यूह्यामसर राज्यका देस्रो डेमोक्र्याटिक उमेदवार हुन् । यसअघि गतबर्षको चुनावमा नेपाली मूलकै स्थानीय मदलशा गुरुङलाई स्टेट रिप्रेजेन्टेटिभ (राज्य प्रतिनिधि) को रुपमा उमेदवार बनाएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com