छठका लागि भोलि पनि सार्वजनिक विदा
प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

९ कात्तिक, काठमाडौं । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो ।
यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बिहीबार विदा दिइएको छ ।