कतारद्वारा न्यूनतम ज्यालादर तोक्ने घोषणा


प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

कतारले श्रम सम्बन्धी कानुनमा सुधार गर्ने र न्यूनतम ज्यालादर निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ।

सन् २०२२ मा विश्वकप फुटबल खेलको आयोजना गर्न लागेको कतारमा श्रमिकहरुको अधिकारको विषयलाई लिएर निरन्तर अन्तर्राष्ट्रिय निगरानी बढिरहेको छ।

कतारको पछिल्लो घोषणा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बैठक हुनुभन्दा एक दिन अघि आएको छ।

आईएलओले कतारलाई आप्रवासी कामदारको शोषण अन्त्य गर्न चेतावनी दिएको थियो।

स्वागत

कतारको कदमको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले स्वागत गरेको छ।

कतारले डिसेम्बर २०१६ मा ‘कफाला’ भनिने परम्परागत कडा श्रम नियम अन्त्य गर्ने घोषणा गरेको थियो।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका अनुसार प्रस्तावित सुधार यस्ता हुनेछन्:

•कसैलाई भेदभाव नगरी सबै कामदारलाई न्यूनतम ज्याला

•कतार छोड्न चाहने कामदारलाई रोजगारदाताले रोक्न नपाउने

•सरकारले नै कामदारको परिचयपत्र जारी गर्ने

•केन्द्रिय निकायले नै करार अनुसारको काम भए-नभएको अनुगमन गर्ने

•कामदारहरुको समिति गठन गर्दै गुनासो सम्बोधनको व्यवस्था

अल वक्राश रंगशाला

नयाँ नियम कहिलेदेखि लागु हुने हो त्यो प्रष्ट भइसकेको छैन।

अवस्था

कतारमा १५ देखि २० लाखको हाराहारीमा आप्रवासी कामदारहरु रहेका छन्।

तीमध्ये अधिकांश विभिन्न एसियाली देशबाट आएका हुन् र उनीहरु निर्माण क्षेत्रमा काम गर्छन्।

सन् २०१३ मा प्रकाशित एक प्रतिवेदनले सन् २०२२ को विश्वकप खेल आयोजनामा काम गर्ने करिब १२ सय कामदारको मृत्यु भएको जनाएको थियो।

त्यसपछि त्यो संख्या अझै बढेको हुन सक्ने अनुमान गरिएको छ।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com