बैद्य माओवादी अब चुनाव लड्ने


प्रकाशित मिति : भाद्र २८, २०७३ मंगलबार

संविधानसभाको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन मोर्चा गठन गरेको छ ।पार्टीका वरिष्ठ नेता सिपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको मोर्चाको नाम देशभक्त जनगणतान्त्रिक मोर्चा राखिएको छ । मोर्चामा रहेको अन्य नेतामा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार छन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष गजुरेलले निर्वाचन भएमा त्यसलाई उपयोग गर्न मोर्चा गठन गरिएको बताए । उनले भने, ‘हामीले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने र पार्टी नाममा निर्वाचनमा भाग नलिने निर्णय गरेका छौँं, तर आवश्यकता अनुसार मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय गरेका छौँं ।’

महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिए । मोर्चा अब जनताको बीचमा जाने र वडास्तरसम्म सङ्गठन विस्तारलाई तीव्रता दिइने उनको भनाइ छ । यसअघि गत संविधानसभा निर्वाचन बहिस्कार गरेको सो पार्टीले मोर्चा गठन गरी अब हुने निर्वाचनमा भाग लिने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

बैद्य माओवादीले आफूले बहिष्कार गरेको संविधानसभाले निर्माण गरेकाले वर्तमान संविधानलाई पनि स्विकार गरेको छैन । यो पार्टीबाट रामबहादुर थापा बादललगायत नेता कार्यकर्ता केही अघि पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा गएका थिए ।

‘हामीले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने र पार्टी नाममा निर्वाचनमा भाग नलिने निर्णय गरेका छौँं, तर आवश्यकता अनुसार मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय गरेका छौ’ गजुरेलले भने ।

महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलको भनाई थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com