चिनियाँ नेतृत्वपंक्तिको नाम सार्वजनिक


प्रकाशित मिति : कार्तिक ८, २०७४ बुधबार

चिनियाँ राष्ट्रपति सि जिनपिङले पार्टी नेतृत्वपंक्तिको नाम बुधवार सार्वजनिक गरेका छन्।

बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति सिले आगामी पाँच वर्षका लागि सत्तारुढ कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताहरुको नाम घोषणा गरेका हुन्।

प्रधानमन्त्री ली खछयाङले नेतृत्वपंक्तिमा निरन्तरता पाएका छन् भने नयाँ पाच सदस्य थपिएका छन्।

ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ पार्टीको नीति निर्माण गर्ने निकायको रुपमा रहेको स्थायी कमिटीमा समेटिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सि जिनपिङ माओपछिकै ‘शक्तिशाली नेता’

उत्तराधिकारी

राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि अनुमोदित भएको भोलिपल्ट पार्टी नेतृत्वपंक्तिको नाम सार्वजनिक भएको छ।

नेतृत्वपंक्तिमा सामेल गरिएका सबै नेताहरु ६० वर्षभन्दा माथिका छन्।

सि

बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसी भन्छिन्, “तर राष्ट्रपति सिले आफ्नो उत्तराधिकारीको रुपमा नेतृत्वपंक्तिमा कसैलाई राखेका छैनन् जसको अर्थ सन् २०२२ मा हुने पार्टीको महाधिवेशनमार्फत उनको स्थानमा अरु कोही आउन पाउंदैन।”

सन् २०१२ मा राष्ट्रपति बनेका सि पार्टीको महाधिवेशनबाट अनुमोदित भएसँगै अर्को कार्यकालमा प्रवेश गरेका छन्।

विचारधारा

यसअघि मंगलवार सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सिलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको थियो।

पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारधारालाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि जिनपिङको विचारधारा’ भन्ने नारा समाविष्ट गरेको छ।

चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ।

एक हप्ता लामो महाधिवेशनबाट दुई हजारभन्दा बढी प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरुका प्रमुख चयन गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com