Follow @khasokhasmag

दुई पूर्व राष्ट्रपति परम्परा तोड्दै ट्रम्प विरुद्ध


प्रकाशित मिति : कार्तिक ५, २०७४ आईतबार

पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् ।

त्यसै दिनका टिप्पणीमा पूर्र्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उहाँको नीतिलाई चुनौती दिने विरोधीहरुको सङ्ख्या बढ्ने पूर्वानुमान गरेका छन् ।

फरक भाषणमा बुश र ओबामा दुबैले ट्रम्पको क्रुरता र कट्टरता अस्वीकार्य हुने बताए । बुशले सबभन्दा धेरै ताली त्यतिबेला पाए जब उनले नागरिक मूल्य स्वीकार्न सर्वप्रथम तिनलाई अवलम्वन गर्नुपर्ने कुरामा जोड दिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com